दफा १५
हुलाक वस्तु पठाउनेलाई फिर्ता गर्ने
: (१) हुलाकबाट चलान गर्दा कुनै हुलाक वस्तुलाई
ठेगानावालाको मञ्जुरी विना र तोकिएबमोजिमको अरु शर्तहरुको अधीनमा रही पठाउनेलाई फिर्ता गर्ने सम्बन्धी व्यवस्था नेपाल सरकारले नियमहरु बनाई गर्न सक्नेछ ।
(२) उपदफा (१) अन्तर्गत बनेका नियमहरुमा व्यवस्था गरिएमा बाहेक कसैले कुनै हुलाक वस्तुलाई हुलाकबाट पठाइसकेपछि फिर्ता माग्न पाउने छैन ।